तपाईँ सुन्दै हुनुहुन्छः

आर्मीलाई हराउँदै पुलिस तेस्रो

काठमाडौँ I शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो 

पुलिसले आर्मीलाई २५–२१, २५–२१ र २५–१९ ले हरायो । तेस्रो स्थान हासिल गरेको पुलिसले रु ७५ हजार पुरस्कार पायो ।

प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल एपिएफ क्लब र न्यू डायमन्ड युथ स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेता टोलीले रू तीन लाख तथा  उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउनेछन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button