तपाईँ सुन्दै हुनुहुन्छः

जनसरोकारसँग सम्बन्धित विधेयक सदनमा प्रस्तुत गर्न सरकारको तयारी 

काठमाडौँ I सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरूलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न आज बोलाउनु भएको बैठकमा जनसरोकारसँग जोडिएका विभिन्न विधेयकहरूलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो । 

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँग भएको छलफलमा विकास, सुशासन, सङ्क्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लगिनेछ । जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा आज छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button