तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाकाे मृत्यु

बझाङ।बझाङको केदारस्युँ गाउँपालिका -२ र ४ को सिमाना बजुवा बगर नजिक धनगढीबाट आइरहेको मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिएको छ ।

सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएर सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको बाइकको पछाडि सवार अन्दाजी १८-२० बर्षिया एक युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बत्ताउनुभयो । मोटरसाइकल चालक र ट्रक चालक भने फरार रहेका छन् ।

घटनाको थप अनुसन्धान भइरहेको र मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । जयपृथ्वी राजमार्गमा सवारी आवतजावत समेत अवरुद्ध भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button