तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिपक्षी मोर्चामै रहने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आफ्नो दल संसद्को प्रतिपक्षी दलहरूको मोर्चामा रहने जनाएको छ ।

पार्टीको आज सम्पन्न पाँचौँ केन्द्रीय कमिटीको बैठकले संविधानको रक्षा र राष्ट्रियताको पक्षमा पार्टी लाग्ने र चार वर्षपछि हुने स्थानीय तहको निर्वाचनमा सबै वडाहरूमा उम्मेदवार उठाउनेगरी संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले संगठन विस्तार, मुलुकको शान्ति, स्थिरता तथा सुशासनका लागि पार्टीले काम गर्ने लगायतका निर्णय बैठकले गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button