तपाईँ सुन्दै हुनुहुन्छः

घ्याम्पेसाल— ताकुकोट सडकको ८ किलोमिटर खण्ड कालोपत्रे गर्ने तयारी

गोरखा । घ्याम्पेसाल ताकुकोट सडकको ८ किलोमिटर खण्ड २०८० बैशाख महिना भित्र कालोपत्रे हुने भएको छ । विरुवा एव एण्ड लामा जेभी कम्पनीले जिम्मा पाएको उक्त कामको स्ट्रक्चर निर्माणको काम ९० प्रतिशत सकिएको कम्पनीले जनाएको छ ।

नालाको काम ६० प्रतिशत सकिएको छ । बाँकी काम सकेर सडकलाइ सवग्रेड गरी ग्राभेलको काम सुरु हुने कम्पनीका फिल्ड इञ्चार्ज कमल कार्कीले बताउनुभयो । पछिल्लो समय बैशाख २४ गते सम्मका लागि कामको म्याद थप भएको छ । यो समय भित्र काम सक्ने कम्पनीको तयारी रहेको उहाँले बताउनुभयो । अस्फाल्ट कालोपत्र गर्ने हो , काम एकदिन मात्रै पनि रोकिदैन कार्कीले भन्नुभयो ।

पछिल्लो समय क्रसरमा सरकारले गरेको निर्णयले कामलाई प्रभावित पारेको उहाँको भनाइ छ । घ्याम्पेसाल ताकुकोट सडक खण्ड कालोपत्रे हुन नसक्दा हिउँदमा धुलो र वर्षातमा हिलो र पहिरोको मारमा सवारी साधनहरु यात्रुहरु पर्ने गरेका छन् ।

सडक निर्माणको काम छिटोगरी सक्न बारपाक सुलिकोट गाउँपालिकाले पटक पटक ताकेता गर्दै आएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले बताउनुभयो । नाला निर्माण सकेपछि ग्राभेलको काम सुरु हुने कम्पनीका कर्मचारी कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button