तपाईँ सुन्दै हुनुहुन्छः

‘टुभेल्थ नाइट’ मञ्चन

काठमाडौं । प्रसिद्ध साहित्यकार विलियम शेक्सपियरद्वारा १६औँ शताब्दीमा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौँ थापा गाउँस्थित पाठशाला स्कुलको थियटरमा मञ्चन गरिएको छ । पाठशाला नेपालको प्रस्तुतिमा नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले मञ्चन गर्नुभएको हो । अङ्ग्रेजी र नेपाली दुवै भाषामा संवादको समिश्रण रहेको नाटक करिब एक घण्टा १० मिनेट लामो छ ।

यही माघ १३ र १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पाठशाला साँझमा देखाइएको नाटक दर्शकले रुचि राखेकाले शनिबार एक शो देखाइएको आयोजकले जनाएको छ । असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्यनरसिंह थापालगायतका २२ जना कलाकारको अभिनय रहेको ती कलाकार पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन् । काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसङ्गलाई देखाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button