तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्सेर राणाको निधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर एवं अर्थ मन्त्रालयका प्रथम सचिव हिमालय शम्सेर राणाको निधन भएको छ ।

९५ वर्षको उमेरमा आज बिहान काठमाडौँको थापाथलीस्थित निवासमा उहाँको निधन भएको उहाँका सुपुत्र अमर शम्सेर राणाले जानकारी दिनु भयो ।

स्वर्गीय राणा केही समययता काठमाडौँस्थित नर्भिक अस्पतालमा मृगौला सम्बन्धी समस्याको उपचारमा हुनुहुन्थ्यो ।

स्वर्गीय राणाका दुई सुपुत्र अमर र अशोक हुनुहुन्छ । उहाँकी धर्मपत्नीको केही समयअघि निधन भैसकेको छ ।

स्वर्गीय राणाले निजी स्तरबाट हिमालय बैङ्क स्थापना गर्नु भएको हो भने उहाँ विभिन्न उद्योग व्यवसायमा संलग्न हुनुहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button