तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मुख्यमन्त्री अधिकारी

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

बागलुङस्थित धवलागिरि अस्पतालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री अधिकारीले स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

दूरदराजका नागरिकलाई पनि स्वास्थ्यको सहज पहुँचसँग जोड्न गण्डकी प्रदेश सरकारले गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गर्ने तथा आवश्यक उपकरण, औषधिको व्यवस्थापन गर्ने बताउनुभयो । स्वास्थ्यकर्मीले सेवा प्रवाहमा कुनै ढिलासुस्ती नगर्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले धवलागिरि अस्पतालमा आफू स्वास्थ्यमन्त्री हुँदा जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य बीमा लागू गरेको स्मरण गर्दै यहाँको निर्माणाधीन नयाँ भवनलाई तत्काल सम्पन्न गरी थप व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । जनशक्ति व्यवस्थापन, हरि खड्का ट्रमा सेन्टर सञ्चालन लगायतका अन्य काम गर्नका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button