तपाईँ सुन्दै हुनुहुन्छः

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा शर्मा

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले प्रा.डा.सञ्जीव शर्मालाई दिएको छ ।

शुक्रबार निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई दिइएको प्रतिष्ठानका सह प्रवक्ता डा.चूडामणि पोखरेलले जानकारी दिनुभयो ।

प्रतिष्ठानको प्रशासनिक कार्य गर्ने गरी शर्मालाई जिम्मेवारी दिइएको हो । प्रा.डा.शर्मा सर्पदंश विशेषज्ञ तथा मुटु र मृगौला रोगका पनि विशेषज्ञ चिकित्सक हुनुहुन्छ ।

उपकुलपति डा.ज्ञानेन्द्र गिरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा दायर गरेपछि निलम्बनमा परेका छन् । कुलपतिको जिम्मेवारी पाउनुभएका प्रा डा.शर्मा प्रतिष्ठानका शिक्षाध्यक्ष पनि हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button