तपाईँ सुन्दै हुनुहुन्छः

‘बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम बढाइने’

सिन्धुपाल्चोक । खानेपानी मन्त्री अब्दुल खानले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंवासीले खान पाउने गरी काम अगाडी बढाइने बताउनुभएको छ ।

आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका —१ अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको मुहान निरीक्षणका लागि पुग्नुभएका मन्त्री खानले आयोजना नियमित सञ्चालनको लागि लाग्ने खर्च र प्राविधिक पक्षबारे आवश्यक छलफल गरी फास्ट ट्र्याकबाट काम गरिने बताउनुभयो ।

मन्त्री खानले स्थानीयवासीले उठाएका माग उच्च प्राथमिकतामा राखी सम्बोधन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button