तपाईँ सुन्दै हुनुहुन्छः

परिस्थितिलाई सूक्ष्म रूपले हेरिरहेका छौँ : कांग्रेस

काठमाडौँ । सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बहिर्गमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सूक्ष्म ढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन् । 

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको प्रतिपक्षी दलका शीर्ष नेताको बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग गृहमन्त्री लामिछानेको राजीनामा र त्यसपछिको अवस्थाका बारेमा सूक्ष्म ढङ्गले हेरिरहेको प्रतिक्रिया दिनुभयो । 

उहाँले अब कसलाई पुनः गृहमन्त्री बनाउने भन्ने सन्दर्भमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक विवाद उत्पन्न हुनुका साथै सदनमा पनि त्यो विषय उठेको बताउनुभयो ।

नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, “अहिले हामीले हेर्ने हो, गर्नेले के गर्छन्, त्यो हेरौँ त्यसपछि हामी टिप्पणी गरौँला ।” 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गृहमन्त्री लामिछानेको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button