तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा पाल्पामा दुई जनाको मृत्यु

पाल्पा । पाल्पा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

तानसेनदेखि खानी गाउँ तर्फ जाँदै गरेको लु२त ९८८४ नम्बरको ट्याक्टरले सोही तर्फ जाँदै गरेको लु५३प ७५७१ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको हो।

ठक्करबाट मृत्यु हुनेमा तानसेन नगरपालिका–१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

तानसेन–दर्लमडाँडा अन्तरगत भित्री सडकमा पर्ने बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङ नजिकै  दुर्घटना भएको हो।

गम्भीर घाइते उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। 

ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button