तपाईँ सुन्दै हुनुहुन्छः

रुखले च्यापिएर युवकको मृत्यु

अछाम। अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर २ मिस्तुरुका २३ वर्षीय राजेश कामीको रुखले च्यापिएर मृत्यु भएको हो ।

दाउराका लागि रुख काट्दै गर्दा सोही रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

स्थानीय खम्म डाँडामा रुख काट्ने क्रममा रुखले च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष देवेन्द्र बोगटीले जनकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button