तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक पटक पटक सरेर आज (शनिवार) अपरान्ह १ बजे बस्न लागेकाे हो ।

महासचिव देव गुरुङका अनुसार बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएपछि छलफलका लागि समय अभाव रहेको भन्दै बैठक आजका लागि सारिएको थियो ।

स्थायी कमिटी बैठकमा पार्टी एकता, नेताहरूको कार्य विभाजन र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्ने एजेण्डा थियो ।

बैठकले मुख्यत: रास्वपासँगको बिबाद र केन्द्रिय बिभागहरुको कार्यबिभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button