तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बेलौरी नगरपालिका ५ को कार्यालय नजिक सु.प.प्र.०१-०१० प ८२४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका ४ रिछाहा बस्ने २३ वर्षीय अमर चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार ३० वर्षीय करन चौधरी घाइते भएका छन् । उनको बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button