तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा औद्योगिक व्यापार मेला शुरु

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा नवीनतम प्रविधि प्रदर्शनी मेलाको उद्घाटन गर्नुभएको छ ।

कर्णाली प्रदेशका लघु घरेलु तथा साना उद्योगको बजार प्रवर्द्धन एवं रोजगारी सृजना गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेशले आयोजना गरेको मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले कृषि तथा वन पैदावारमा आधारित मझौला उद्योगहरूलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने बताउनुभयो ।

उहाँले उद्योगको विकाससँगै रोजगारी र स्वरोजगार बनाउने प्रदेश सरकारको लक्ष्यलाई साथ दिन उद्योगी व्यवसायीसँग आग्रह गर्नुभयो । औद्योगिक विकासका लागि विद्युतीकरणलाई तीव्र बनाउँदै भुरीगाउँ–हाताहाल्ना–कर्णाली करिडोर र भेरी करिडोरलाई मुख्य प्राथमिकतामा राखेर अन्य केही स्थानमा भूमिगत सडकहरूको विकास गरिने उहाँको भनाइ थियो ।

मेलामा साँढे ३ स्टलहरू मार्फत लघु घरेलु तथा साना उद्यमीहरूले तयार गरेका गलैँचा, राडी पाखी, पस्मिनाका वस्तुहरू, ऊनी, लिउ, फेरुवा, अल्लो तथा गाँजाबाट बनेका कपडाहरू, ढाका, पोते, काठ, ढुङ्गा, धातु कला, सेरामिक्स, भाँडाकुँडाहरू, बास र बेत बाँसबाट तयार गरिएका वस्तुहरूको प्रदर्शनी मुख्य आकर्षण रहेका छन् ।

५ पाँच लाख दर्शकबाट अवलोकन गरिने मेला तथा प्रदर्शनीबाट करिब ४ करोड रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको छ । राष्ट्रिय तथा स्थानीय कला संस्कृतिको प्रदर्शन गरिने मेला माघ २८ गतेसम्म सञ्चालन हुने मेला आयोजक समितिका संयोजक चन्द्रबहादुर बिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button