तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री अर्याल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच आज भेटवार्ता भएको छ । 

तीन दिने नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री मन्त्री नासुसन आज काठमाडौँमा भएको भेटमा मलेसियामा रहेका नेपाली कामदारको सेवा सुरक्षाबारे छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताउनुभयो । 

मन्त्री अर्यालले भेटवार्ताका क्रममा नेपाली कामदारको तलब सुविधा, उपचार व्यवस्था तथा अन्य सामाजिक सुरक्षा लगायतको विषयमा छलफल भएको र नेपाली कामदारलाई मलेसियाका स्थानीय कामदार सरहको सेवा सुविधा उपलब्ध गराउन मलेसियाको तर्फबाट प्रतिबद्धता जनाएको बताउनुभयो । 

भेटवार्ताका क्रममा नेपाल र मलेसिया बीचको श्रम सम्झौता कार्यान्वयन गर्ने तथा नेपाली कामदारलाई शून्य लागतमा मलेसिया लैजाने निर्णय कार्यान्वयन गर्नेबारे समेत छलफल भएको मन्त्री अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button