तपाईँ सुन्दै हुनुहुन्छः

हरिनगर गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

शुक्रबार हरिनगर गाउँपालिका ४ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले उक्त भवनको शिलान्यास गर्नुभएको हो । कार्कीले समय अगावै भवनको निर्माण कार्य सकिनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

गाउँपालिकाको भवन आठ करोड १९ लाख २८ हजार तीन सय दुई रुपैयाँ ५९ पैसाको लागतमा ड्रागन रविन एण्ड श्रेया जेभी कोटेश्वरले निर्माणको ठेक्का पाएको र सो कार्यालय भवन आगामी ३० महिनामा सम्पन्न गरिने उल्लेख गरिएको छ ।

कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button