भ्रष्टाचार नियन्त्रण सम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता (फोटोफिचर)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजना र रेडियो नेपालको सहकार्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचार सम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता आयोजना गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसको अवसरमा आयोगको आयोजना र रेडियो नेपालको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा मूलकभरबाट सहभागी ७६ जना प्रतियोगीहरू मध्येबाट १५ जना छनौट गरी उनीहरुबीच आज रेडियो नेपालको प्राङ्गणमा प्रत्यक्ष प्रतिस्पर्धा गरिएको हो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.हरि पौडेलले लोकगीतले आम जनताको आवाज मुखरित गर्ने हुँदा आयोगले भ्रष्टाचार नियन्त्रण गर्ने प्रवर्द्धनात्मक उपाय अन्तर्गत भ्रष्टाचार नियन्त्रण सम्बन्धी लोकगीत प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

आयुक्त डा.पौडेलले सचेतनामूलक कार्यक्रमले जनतामा जागरण पैदा गर्ने भन्नुहुँदै यस्ता प्रतियोगिताले सुशासन र सदाचार प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल )सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले लोकगीतमार्फत भ्रष्टाचार नियन्त्रण सम्बन्धी जनचेतना फैलाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले नेपाली गीत सङ्गीतलाई स्थापनाकाल देखिनै प्राथमिकता दिएको भन्नुहुँदै आगामी दिनमा पनि आयोगसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।






























प्रतिक्रिया राख्नुहोस्