तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र मन्त्री पौड्यालले आज श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्नुहुने 

काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । 

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएकी मन्त्री डा.पौड्यालले आज साँझ त्यहाँका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्रीसँगको भेट अघि  परराष्ट्र मन्त्री डा.पौड्यालले श्रीलङ्काका विदेश मन्त्री एमयूएम अली सब्रिसँग भेट गर्दै हुनुहुन्छ ।

उहाँ आजै श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । 

मन्त्री डा.पौड्याल भोलि शनिबार बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।  

उहाँले शनिबार दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button