कावासोतीमा उपमेयर कप भलिबल प्रतियोगिता हुँदै
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिकामा उपमेयर कप भलिबल प्रतियोगिता हुने भएको छ ।
वडा नं १२ स्थित डायमण्ड यूथ सोसाइटीको आयोजना तथा कावासोती नगरपालिकाको समन्वयमा भोलिबाट प्रतियोगिता सुरु हुँदैछ । राज मन्दिर खेल मैदानमा भोलि १० बजेदेखि प्रतियोगिताको उद्घाटन गरिने डायमण्ड यूथ सोसाइटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा नगरको १७ वटा वडाबाट मात्रै सहभागिता जनाउन पाइनेछ । वडा भित्रका खेलाडीको टिमले वडाबाट आधिकारिक पत्र सहित सहभागिता जनाउन पाइने सचिव थनेतले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद , शिल्ड मेडल र प्रमाणपत्र , द्वितीय हुनेले २५ हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने , तृतीय र सान्त्वना हुनेले सात हजार ५ सय नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने थनेतले बताउनुभयो ।
प्रतियोगिता पर्सि समापन हुनेछ । प्रतियोगिताको तयारी पुरा भएको छ ।
कावासोती नगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत उपमेयर कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खेलकुद क्षेत्रको विकास र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले खेलकुदका कार्यक्रमलाई निरन्तरता दिँदै आएको उप प्रमुख फुल कुमारी थनेतले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्