युक्रेनी राष्ट्रपति जेलेन्स्की र यूरोपेली संघका नेताहरूबीच आज भेटवार्ता हुँदै

काठमाडौं । युक्रनेका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की र यूरोपेली संघका नेताहरूबीच आज (शुक्रबार) भेटवार्ता हुँदैछ ।
भेटकालागि यूरोपेली आयोगका प्रमुख उरसुला भोन डेर लेयन हिजो ( बिहीबार ) राजधानी कियभ पुग्नु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयर्टसले जनाएको छ ।
आजको भेटमा युक्रेनको यूरोपेली सङ्घको सदस्यता र रुसमाथि थप प्रतिबन्धबारे छलफल हुने रोयटर्सले उल्लेख गरेको छ ।
रुसमाथि प्रतिबन्ध थप्न इच्छुक भएपनि यूरोपेली संघका नेताहरू युक्रेनलाई तत्काल सदस्यता दिन अनिच्छुक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
फेब्रुअरी २४ मा रुस–युक्रेन युद्ध सुरु भएको एक बर्ष पुग्दै छ । सो दिनमा रूसले ठूलो आक्रमण गर्ने र त्यसका लागि तयार हुन मित्र राष्ट्रहरूले सैन्य सहयोग गर्नुपर्ने माग युक्रेनले राख्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्