तपाईँ सुन्दै हुनुहुन्छः

सांसद चौधरीलाई अदालत पेश गरिँदै

धनगढी । प्रहरी हिरासतमा रहेका सांसद अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा पेश गरिने भएको छ । कैलालीका प्रहरी प्रवक्ता एवं डिएसपी बेदप्रकाश जोशीले आज सांसद चौधरीलाई जिल्ला अदालतमा पेश गरिने बताउनु भयो । उहाँलाई प्रहरी हिरासतमा राखिएको छ, अदालत समय भित्रै पेश गर्ने तयारी छ, डिएसपी जोशीले भन्नुभयो । बाँकेबाट पक्राउ परेका चौधरीलाई प्रहरीले हिजो साँझ जहाजमार्फत धनगढीमा ल्याएको थियो ।

चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताइएको छ । जिल्ला अदालतले २०७० वैशाख ९ गते ट्याक्टर आगजनी मुद्दामा दोषी ठहर गर्दै सांसद चौधरी सहित तीन जनालाई ६ महिना कैदको फैसला सुनाएको थियो । त्यस यता चौधरी फरार सुचीमा रहेका थिए । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य हुनु हुन्छ । २०६७ साल भदौ ३ गते चौधरी सहित परशुराम चौधरी र वीरबहादुर चौधरी विरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो ।

यसैबिच सरकार र तत्कालीन आन्दोलनरत ९थरुहटरथारुवान० पक्ष बिच भएको सम्झौता विपरीत सांसद चौधरीलाई पक्राउ गरिएको भन्दै नागरिक उन्मुक्तिले तत्काल रिहाइ गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दामोदर पण्डितले सम्झौता अनुसार मुद्दा खारेजी भएको अवस्थामा सांसद चौधरीलाई पक्राउ गरिएकोप्रति आपत्ति प्रकट गर्दै २४ घण्टा भित्र रिहाइ गर्नु पर्ने बताउनुभयो । सांसद चौधरी पक्राउ घटनापछि नागरिक उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठ धनगढी पुग्नु भएको छ । प्रहरीका अनुसार अध्यक्ष श्रेष्ठ हिजो सांसद चौधरीसँगै जहाजमार्फत काठमाडौंबाट धनगढीमा आउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button