तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी स्थायी कमिटी वैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक दिउँसो ३ बस्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहिवार बिहान स्थगित भएको बैठक पुन: आज बस्ने भएको हो ।

समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय बिभागको कार्यबिभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

हिजो बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसके पछि आज पनि बैठक बोलाईएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button