तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतमा आज सन्दिप विरुद्धको पहिलो सुनवाई

काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा पहिलो सुनवाइ हुने भएको छ ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथि आज पहिलो सुनुवाइ हुने भएको हो ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button