राप्रपाको केन्द्रीय निर्देशन समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा १७ सदस्यीय केन्द्रीय निर्देशन समिति गठन गरेको हो ।
यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति पनि गठन भएको छ । मिश्रको संयोजकत्वमा गठन भएको कार्यविधि समितिले सरकार र पार्टीबीच समन्वय र सहकार्य गर्ने बताइएको छ ।
पार्टीले आगामी वैैशाख १ गतेदखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्