तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा बैठक जारी, राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक अहिले जारी छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको छ ।

पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । तत्काल गृह मन्त्रालय रास्वपालाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार नदेखिएको सन्दर्भमा आगामी रणनीतिबारे बैठकले निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button