तपाईँ सुन्दै हुनुहुन्छः

पाँच लाख राशिको अन्तर्राष्ट्रिय भोजपुर गोल्डकप चैत्र नौ गतेबाट

भोजपुर । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा सर्वाधिक राशिको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप सञ्चालन हुने भएको छ । 

जिल्ला कै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता आगामी चैत्र ९ देखि १५ गतेसम्म सञ्चालन हुन लागेको भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनु भयो । 

भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगिताका लागि आवश्यक तयारी र प्रचार प्रसारको काम शुरु गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष सुवालले बताउनु भयो । भोजपुर नगरपालिका भोजपुरको मुख्य प्रायोजन यस भन्दा अगाडी पाँचौँ संस्करणसम्मका खेलहरू सञ्चालन भई सकेका छन् । नेपाल भित्रका मात्र नभएर आमन्त्रणका रुपमा बाहिरी मुलुकका टिमलाई समेत सहभागिता हुने गरी प्रतियोगिताको तयारी थालिएको अध्यक्ष सुवालको भनाई रहेको छ । 

अध्यक्ष सुवालले भन्नुभयो, “विगतमा पनि सञ्चालन भएको प्रतियोगिता जिल्ला कै प्रतिष्ठा भएकाले यसलाई तोकिएको समयमा नै सञ्चालन गर्नका लागि सबैको सहयोगको अपेक्षा पनि गरेका छौ ।” सर्वाधिक राशिको प्रतियोगिताको विजेताले उपाधि सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button