रुसले २४ फेब्रुअरीमा ठूलो आक्रमणको तयारी गरिरहेको युक्रेनकाे दाबी

काठमाडौं । रुसले यही फेब्रुअरी २४मा युक्रेनमाथि ठूलो आक्रमण गर्ने तयारी गरिरहेको युक्रेनले जनाएको छ ।
युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्नीकोभले रुस–युक्रेन युद्धको एक वर्ष पूरा भएको अवसरमा भीषण आक्रमण गर्न रुसले ५ लाख सैनिक तैनाथ गरेको दाबी गर्नु भएको छ ।
रुसले फेब्रुअरी २३ मा राष्ट्रका रक्षक नाम दिइएको सैन्य पर्व पनि मनाउँदै छ ।
रुसले विगत केही दिनदेखि पूर्वी युक्रेनमा आफ्नो सैन्य गतिविधि बढाएको छ ।
युक्रेनको पूर्वी डोनेस्क क्षेत्रमा रुसले एक आवासीय भवनमा हवाई आक्रमण गर्दा ३ सर्वसाधारणको मृत्यु हुनुका साथै २० जना भन्दा बढी घाइते भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्