तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनमाथि अझै आक्रमण गर्ने रुसको तयारी, सीमामा ८ लाख सैनिक परिचालन

काठमाडौँ । युक्रेनी रक्षामन्त्रीले रुसले आगामी २४ फेब्रुअरीमा अझै भयानक र ठूलो युद्धको तयारी गरेको बताउनु भएको छ । रुसले युक्रेनमा युद्ध शुरु भएको एक वर्षको सन्दर्भ पारेर नयाँ आक्रमणको तयारी गरेको भन्दै युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले चेतावनी दिनुभएको हो ।

फेब्रुअरी २३ मा मनाइने गरिएको रुसी रक्षा दिवसको सन्दर्भ पारेर पनि आक्रमणको तयारी भएको हुनसक्ने अनुमान गरिएको छ । गत वर्ष युक्रेन आक्रमणका लागि रुसले ५ लाख सेना परिचालन गरेको थियो ।

साथै गत सेप्टेम्बर मा सीमा सुरक्षाका लागि भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले थप ३ लाख सेना भर्ती गर्नुभएको थियो । मुलुकको अखण्डताको रक्षा लागि सेना परिचालन आवश्यक रहेको पुटिनको भनाइ छ । युक्रेनी रक्षा मन्त्रालयले रुसले उल्लेख गरेभन्दा बढी संख्यामा सेना परिचालन गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button