मन्त्री चौधरीद्वारा प्रशासनिक भवनको उद्घाटन
सुनसरी । सुनसरीको गढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले उद्घाटन गर्नुभएको छ ।
स्थानीय तहको संरचना कायम भएको ६ वर्षपछि गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन भएको हो ।

त्यस अवसरमा मन्त्री चौधरीले नागरिकका काम छिटोछरितो र झन्झटरहित बनाउन नवनिर्मित प्रशासनिक भवनबाट सहयोग पुग्ने र सेवाग्राहीलाई पनि लाभ मिल्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा गढी गाउँपालिका अध्यक्ष आशनारायण चौधरी, उपाध्यक्ष अनिता कुमारी साह, प्रमुख लेखा अधिकृत दिलबहादुर खड्काका, वडाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्