तपाईँ सुन्दै हुनुहुन्छः

वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार साहलाई प्रदान गरिने

बारा । प्रेस चौतारी नेपालले यस वर्षको वीरेन्द्र कुमार साह क्रियाशील पत्रकारिता पुरस्कार बाराका सक्रिय पत्रकार लक्ष्मी साहलाई दिने निर्णय गरेको छ ।

पुरस्कार छनौट समितिको बैठकले पत्रकार साहलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रेस चौतारीले जनाएको छ ।

प्रेस चौतारीको २२ औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा यही माघ २२ अर्थमन्त्री विष्णु पौडेलले साहलाई उक्त पुरस्कार प्रदान गर्नुहुने प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।

तत्कालीन नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले साहको हत्या गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button