तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभामाको आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/२०७९ पेश भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सभामा उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले रिक्त रहेको गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई  तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।

सभामुख घिमिरेले चितवन क्षेत्र नम्बर २ को सांसद पद रिक्त भएको ब्यहोरा बैठकमा जानकारी समेत गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक २२ गते आइतबार १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button