तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाद्वारा यू–२० राष्ट्रिय महिला फुटबल टिमको बिदाइ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० राष्ट्रिय महिला फुटबल टिमलाई बिदाइ गरेको छ ।

एन्फाले मङ्गलवार बङ्गलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, एन्फा महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाइ गरे । च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ ।

मुख्य प्रशिक्षक यम गुरुङले २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् । महिला यू–२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक बङ्गलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ । यस्तै नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button