तपाईँ सुन्दै हुनुहुन्छः

“श्रमाधान श्रम सहायता केन्द्र” काे सुरुवात

वैदेशिक रोजगारीमा जानेका लागि एउटै लाइनबाट अध्यागमनमा चेकजाँचको थालनी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयमा रहेको कल सेन्टरलाई व्यवस्थित गर्नका लागि “श्रमाधान श्रम सहायता केन्द्र” आजबाट सुरु गरिएको बताउनुभएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा श्रम मन्त्री अर्यालले श्रमिकहरूको जिज्ञासा र समस्यालाई एकद्धार प्रणालीबाट समाधान गर्ने उद्देश्यले मन्त्रालयमा श्रमाधान नामक कल सेन्टरबाट २४ घण्टे सेवा प्रवाह गर्ने बताउनुभयो ।  

श्रम मन्त्री अर्यालले ६ महिनाभित्र श्रमाधान मोबाइल एप सुचारु हुने र श्रम सम्बन्धी सम्पूर्ण कार्यहरूको लागि टाइम कार्ड लागू गरिने जानकारी दिनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरूको स्वाभिमान र सम्मानलाई ख्याल गरी डोमेस्टिक डेस्कबाट नै एउटै लाइनबाट अध्यागमनमा चेकजाँचको प्रक्रिया थालनी भएको समेत उहाँले बताउनुभयो । 

त्यसैगरी श्रम मन्त्रालयको पहलमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सहज रुपमा सिंहदरबार प्रवेशका लागि अपाङ्गता परिचयपत्रका आधारमा प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको श्रम मन्त्रीको भनाई छ । 

स्वदेश र विदेशमा रोजगारीको शिलशिलामा रहेका नेपाली श्रमिकहरूले श्रमाधान नामक कल सेन्टरमा टेलिफोन, फेसबुक, वाटसप, भाइवर, टुइटर, इमो समेत श्रम मन्त्रालयको वेभसाइटमा उपलब्ध भएकाले गुनासो वा समस्या राख्ने व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button