तपाईँ सुन्दै हुनुहुन्छः

महानगरको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न भएको छ ।

विराटनगरस्थित आदर्श उच्च माविमा भएको तालिमको महानगरका मेयर नागेश कोइरालाले आज समापन गर्नुभयो । त्यस अवसरमा मेयर कोइरालाले विद्यालयलाई खेलाडी उत्पादन गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासन सिकाउने उनको भनाइ थियो ।

file photo

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगर खेलकुद ऐन निर्माण भइसकेको जानकारी दिँदै ऐन निर्माण भइसकेका कारण अब महानगरभित्रको खेलकुद क्षेत्रको विकास हुने दाबी गर्नुभयो ।

सो अवसरमा मेयर कोइरालाले तालिमका प्रशिक्षक र सहभागीहरूलाई शैक्षिक प्रशासन महाशाखा प्रमुख खतिवडाले प्रमाणपत्र प्रदान गर्नुभयो ।

तालिममा सहभागी शिक्षकले आफ्ना विद्यार्थीहरूलाई प्रशिक्षण दिनेछन् । तालिममा महानगर क्षेत्रभित्रका २४ विद्यालयका ३० शिक्षक र कर्मचारी सहभागी थिए ।

समापन समारोहमा जिल्ला खेलकुद प्रमुख राजन पोखरेल, प्रशिक्षकका तर्फबाट उपेन्द्र यादव, सहभागीका तर्फबाट फडिन्द्र वस्तीले आ–आफ्ना विचार राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button