तपाईँ सुन्दै हुनुहुन्छः

जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्नेगरी गर्छु : प्रजिअ पाण्डे

बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो । केही दिनअघि जिल्ला प्रशासन कार्यालय बझाङमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी कायम गर्ने बताउनुभएको हो ।

मङ्गलवार जिल्ला प्रशासन कार्यालय बझाङमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको विश्वासनीयतासँगैै सुशासन कायम गर्न आफू सधैँ लागि पर्ने बताउनुभयो । आफूले अन्य जिल्लाहरूमा पनि प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेकाले जिल्लाको समग्र विकासका लागि आफूले सबैको साथ सहयोग पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले विश्वास व्यक्त गर्नुभएको छ ।

अधिकारी पाण्डेले बझाङ जिल्लालाई शान्ति सुरक्षा एवं सुव्यवस्थित बनाउन ‘हाम्रो सान, हाम्रो बझाङ’ भन्ने आफूले सङ्कल्प लिएको बताउनुभयो । उहाँले कालो बजारी, अपराध र भ्रष्टाचार आफूले शून्य सहनशीलतामा राखेको भनाई छ । 

ताक्लाकोट नाकाको विषय, बजार अनुगमन, कर्मचारी अनुगमन, यातायात व्यवस्थापन लगायतका क्षेत्रको सुधारको योजनालाई आफूले विशेष तरिकाले अगाडि बढाउने समेत प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । साथै उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले पनि जिल्लाको शान्ति सुरक्षा सुव्यवस्थित बनाउने विषयमा आ–आफ्ना सुझावहरू दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button