तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नेपाल टेलिभिजनको महत्वपूर्ण भूमिका : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नेपाल टेलिभिजनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

मन्त्री शर्माले नेपाल टेलिभिजनले बहुलता र विविधतालाई सम्बोधन गर्दै आम नागरिक र दर्शकको अपेक्षाअनुसार थप जिम्मेवार र व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री शर्माले नेपाल टेलिभिजनले सबै वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायको इतिहास, भाषा, संस्कृति र आवाजलाई मुखरित गरी सबैमा अपनत्व भाव जागृत  गराउने खालका सामग्री उत्पादन र प्रसारण गर्नुपर्ने धारणा राख्नुभयो ।

समारोहमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले सूचना र सञ्चार क्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गर्दै  व्यावसायिक दक्षता र सीपको विकासमा जोड दिइएको बताउनुभयो । 

महाप्रबन्धक फुलमान बलले प्रधानमन्त्रीको चाहनाअनुसार नै नेपाल टेलिभिजनले विभिन्न भाषाभाषीमा समाचार प्रसारण सुरु गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button