तपाईँ सुन्दै हुनुहुन्छः

किन बिजनेसविहीन बन्दै छ गण्डकी प्रदेश ? 

कास्की । गण्डकी प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएयता दुई महिनामा ४ वटा बैठक बसिसकेको छ । 

बैठकबाट मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित, सभामुख र उपसभामुख निर्वाचन र मन्त्रीहरू चुन्ने काम मात्र भएको छ ।  अन्तिम पटक माघ २ गते बसेको संसद्को बैठक १७ दिन लामो अन्तरालपछि १९ गतेलाई डाकिएको छ । तर, प्रदेशसभा अहिले सम्म बिजनेसविहीन छ । 

अब प्रदेशसभा बैठकमा कस्ता विषयले प्राथमिकता पाउँछ भन्ने सबैको चासो छ ।माघ १९ को उक्त बैठकमा यसअघि प्रदेशसभामा टेबल भएका अध्यादेशमाथि छलफल गर्ने कार्यसूची रहेको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिनुभयो । 

‘यसअघि २ वटा अध्यादेश प्रदेशसभामा टेबल भएका छन् । माघ १९ गतेको बैठकमा सोहीबारे छलफल गर्ने कार्यसूची रहेको छ । 

गण्डकी प्रदेशसभाको पहिलो बैठकमा पूर्व प्रदेशसभा मामिला तथा कानून मन्त्री विन्दुकुमार थापाले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश टेबल गर्नु भएको थियो ।

प्रदेशसभामा विधायन समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति र प्रदेश मामिला समिति छन् । प्रदेशसभामा ती समितिहरू गठन हुन बाँकी रहेका छन् ।  दलहरूले सचेतक, प्रमुख सचेतक, दलको नेता छान्न बाँकी नै रहेको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button