तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.शर्मा

पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरिधारी शर्मा नियुक्त हुनुभएको छ ।

गण्डकी प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. शर्मालाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष बनाउने  निर्णय गरेको हो । शर्मा यस अघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको कामकाज सम्हाल्नु भएको थियो ।

शर्मा सँग योजना निर्माणको विशेष अनुभव हुनुका साथै प्रदेशको सूचक तयार पार्ने, पञ्चवर्षीय र पन्ध्र वर्षीय योजना तयार पार्ने देखि आधार खोज्ने र योजना निर्माण गर्ने व्यक्तिका रुपमा पनि चिनिनुहुन्छ । 

स्याङ्जाका बासिन्दा रहनुभएका डा. शर्मा  यस अघि युएनडिपीको राष्ट्रिय आयोजना प्रबन्धक हुनुहुन्थ्यो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा डा. गिरिधारीसँगै तनहुँका डा. सुवास अधिकारी र कास्कीकी डा. सीता खत्री लाई सदस्यमा नियुक्त गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button