तपाईँ सुन्दै हुनुहुन्छः

रियलको उपाधि होडमा धक्का

मड्रिड । रियल सोसिडाडसँग घरेलु मैदानमा बराबरीमा रोकिएपछि साबिक विजेता रियल मड्रिडको उपाधि होडमा ठुलो धक्का लागेको छ । गोलरहित बराबरीमा रोकिएपछि रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको हो ।

बार्सिलोनाले शनिबारलाई जिरोनालाई हराउँदै शीर्ष स्थानमा पकड बलियो बनाएको थियो । आइतबार राति भएको खेलमा ब्राजिलियन विंगर भिनिसियस जुनियरले गोलका लागि तीनवटा सुन्दर अवसर पाएका थिए । तर, सोसिडाडका गोलकिपर एलेक्स रेमिरोले एकपछि अर्को बचाऊ गर्दै घरेलु टोलीलाई निराश बनाएका थिए ।

बराबरीपछि रियल ४२ अंकसहित दोस्रो स्थानमा रहेको छ भने सोसिडाड ३९ अंकसहित तेस्रो स्थानमा छ । आइतबार नै ओसासुनालाई हराएको एट्लेटिको मड्रिड अंक तालिकामा चौथो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button