तपाईँ सुन्दै हुनुहुन्छः

विस्फोट हुँदा एक जना घाइते

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ स्थित एक कवाड सङ्कलन केन्द्रमा आइतबार राति विस्फोट भएको छ । पूर्व-पश्चिम राजमार्गको भानु पाटी प्यालेस अगाडि विस्फोट हुँदा एक जना घाइते भएका छन् ।

पहिचान खुल्न नसकेका ती घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । आगो तापिरहेका बेला विस्फोट भएको बताइए पनि घटनाको पूर्ण विवरण भने आउन बाँकी रहेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक प्रकाश भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button