रास्वपाको सभापतिमा लामिछाने सर्वसम्मत चयन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा रवि लामिछानेलाई सभापतिमा चयन गरेको छ ।
लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्त गर्नुभएको थियो ।
लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पाएलगत्तै बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उहाँलाई पुन: सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
सर्वाेच्च अदालतले अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गर्न कानुनी प्रक्रिया पूरा नगरेको ठहर गरेपछि उहाँको सांसदसँगै मन्त्री पद गुमेको थियो । यस्तै पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिइएको थियो ।
तर आज लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्त गरेसँगै उहाँलाई पार्टी सभापतिमा फेरि चयन गर्ने निर्णय पार्टीले लिएकाे हाे ।
प्रतिक्रिया राख्नुहोस्