तपाईँ सुन्दै हुनुहुन्छः

हरिपुरले सुरु गर्‍यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

सर्लाही । जिल्लाको हरिपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

नगर प्रमुख गोपाल पंजियारले वडा नं– ३ फरहदवामा पुगी सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्नुभएको हो । लाभग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै, नगर प्रमुख पंजियारले दुई जना ज्येष्ठ नागरिकलाई भत्ता दिएर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुभारम्भ गर्नुभयो ।

वडा नम्बर ३ का वडाअध्यक्ष लाल मोहम्मद शेखले वडाका झण्डै ७ सय लाभग्राहीहरूलाई वडा कार्यालयबाटै सुरक्षा भत्ता प्रदान गर्न सुरु गरिएको बताउनुभयो।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक भत्ता वितरण कार्यक्रम अन्तर्गत आज पहिलो दिन ज्येष्ठ नागरिकहरूलाई भत्ता गरिएको छ । आज वडाका सबै (झण्डै पौने तिन सय) ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई भत्ता वितरण गरिएको र भोलिदेखि अन्य सामाजिक सुरक्षा भत्ता पाउनेहरूलाई भत्ता वितरण गरिने वडाअध्यक्ष शेखले बताउनुभयो ।

वडा कार्यालयबाटै भत्ता पाउँदा ज्येष्ठ नागरिकहरू खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button