तपाईँ सुन्दै हुनुहुन्छः

क्षयरोग उन्मुलनका लागि सामूहिक पहल आवश्यक: मन्त्री गिरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नेपालबाट क्षयरोग उन्मुलनका लागि सबैको सामूहिक पहल आवश्यक रहेको बताउनुभएको छ ।

स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ७० औँ विश्व कुष्ठरोग विरुद्धको दिवसका अवसरमा आज काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री गिरीले कुष्ठरोग सङ्क्रमितको पहिचान र उपचारका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

मन्त्री गिरीले उपचारपछि कुष्ठरोग निको हुन्छ भन्ने जानकारी नहुँदा सङ्क्रमितहरूले रोग लुकाउने र समुदायमा फैलिने क्रम बढेको हुनाले यसको नियन्त्रणका लागि स्थानीय तह र सामाजिक संघ–संस्थाहरूको सक्रियता आवश्यक रहेको बताउनुभयो ।

मन्त्री गिरीले जनचेतनाको अभावका कारण कुष्ठरोग सङ्क्रमितको उपचारपछि समाजमा पुनः स्थापना गर्न समेत कठिन हुने गरेको बताउनुभयो ।

नेपाल सरकारले २०६६ माघ ५ गते कुष्ठरोग उन्मूलनको घोषणा गरेको भए पनि पछिल्लो समय मधेश प्रदेश र लुम्बिनी प्रदेशका जिल्लाहरूमा यसको संक्रमण फैलिरहेको छ ।

सरकारले त्यस समयमा प्रति १० हजार जनसङ्ख्यामा १ जना भन्दा कम संक्रमित भएका कारण उन्मुलनको घोषणा गरेको थियो । तर, जिल्लागत रुपमा लिइएको पछिल्लो तथ्याङ्कमा लुम्बिनी र मधेश प्रदेशका विभिन्न १६ जिल्लामा यो दर बढी देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button