तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी युक्रेनमा रुसी आक्रमणः तीन जनाको मृत्यु

कीभ। पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै कम्तीमा दुई जना घाइते भएका छन् ।

डोनेट्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले शनिबार जानकारी दिएअनुसार रूसीहरूले नजिकैका आवासमा गोली हानेका थिए जसमा चार बहुमञ्जिला भवनहरू, एउटा होटल, ग्यारेज र नागरिक कारहरूलाई क्षति पुगेको छ । उनले भने लेखेका छन्– तीन नागरिक मारिए । कम्तीमा दुई जना घाइते भए । उनका अनुसार उद्धारकर्मी र प्रहरी घटनास्थलमा उद्धार गरिरहेका थिए र आक्रमणबाट भएको क्षतिको निगरानी गरिरहेका थिए ।

किरिलेन्कोको टेलिग्राममा पोष्ट गरिएका तस्वीरहरूले कारको जलेको अवशेषको वरिपरि छरिएका झ्यालहरू र भग्नावशेषहरू भएका अपार्टमेन्ट भवनहरू देखाउँछन् । युक्रेनमाथि आक्रमण गरेको झण्डै एक वर्षपछि रुसले सम्पूर्ण डोनेट्स्क क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको छ । त्यस क्षेत्रलाई रुसले आफ्नो हिस्सा घोषणा गरिसकेको छ ।

युक्रेनका अनुसार यस हप्ता रुसी सेनाले पूर्वमा विशेष गरी वुग्लेदार र बाख्मुत सहरहरूमा आक्रमण बढाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार डोनेट्स्क क्षेत्रमा मोर्चाको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button