तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको तिलाठीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती 

सप्तरी । सप्तरीको तिलाठीमा शनिबारदेखि अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता  सुरुभएको छ ।

पञ्चायत विरुद्धको आन्दोलनमा बेपत्ता पारिएका साकेतचन्द्र मिश्रको स्मृतिमा करिब करिब ३ दशकदेखि सरस्वती पूजाको अवसरमा कुस्ती हुन थालेको पूजा समितिका अध्यक्ष अजित कुमार मिश्र पप्पुले जानकारी दिनुभयो । 

सुरुआतमा स्थानीय स्तरमै कुस्ती गराए पनि पछिल्ला वर्षहरूमा  अन्तर्राष्ट्रिय स्तरका पहलमानहरू बोलाई स्थानीयहरूकै आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालित रहँदै आएको कुस्ती प्रतियोगिताका रेफ्री नबनीत झाले जानकारी दिनुभयो ।

माघ १४ गतेदेखि १७ गतेसम्म तीन दिन चल्ने प्रतियोगितामा नेपाल तथा भारतका महिला र पुरुष पहलमान गरी कुल २५ जना पहलमानको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button