तपाईँ सुन्दै हुनुहुन्छः

पिस्तोलसहित धनुषाबाट दुई युवा पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले पेस्तोलसहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–६ बस्ने वर्ष २८ का रोशन महतो र सोही ठाउँ बस्ने वर्ष २६ को शङ्कर महतो रहेको प्रहरीले जनाएको छ ।  

ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले दुवै जनालाई मिथिला नगरपालिका वडा नम्बर–२ नक्टाझिझस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

शङ्काको आधारमा महतोलाई चेकजाँच गर्दा प्रहरीले माउजर पेस्तोल १ थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड भएको गोली २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

 

बिहीबार राति करिब ८ः०० बजेको समयमा मिथिला नगरपालिका वडा नंं २ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गइरहेको गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शङ्कास्पद अवस्थामा पक्राउ गरेको थियो । 

पक्राउ परेका रोशनसँग प्रहरीले सोधपुछ गर्दा हतियार सोही ठाउँ बस्ने शङ्कर महतोसँग ५० हजार रुपैयाँ नगद दिई बाँकी २० हजारपछि दिने शर्तमा धनुषाको जटहीस्थित सिमानाकाबाट खरिद गरेर ल्याएको प्रहरीलाई दिएको बयानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । 

हतियार बिक्री गर्ने शङ्कर महतोलाई तत्कालै पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक खड्काले आज पत्रकार सम्मेलनमार्फत जनाकारी दिनुभयो   

प्रतिक्रिया राख्नुहोस्

Back to top button