तपाईँ सुन्दै हुनुहुन्छः

बाराको सिमरा सेजमा पहिलो उद्योगको शिलान्यास

बारा । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) स्थापना हुन लागेको पहिलो उद्योगको शिलान्यास भएको छ ।  

उद्योगी तुलसी गुप्ताले टायल्स तथा मार्वल्सको उद्योग स्थापना गर्न लाग्नुभएको हो ।

भारतीय कम्पनी अशोक, आकृति नामका टायल्स तथा मार्बल उद्योगकै सहयोगमा आफूहरूले सिमरा सेजमा उद्योग स्थापना तथा सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । 

करिब डेढ देखि २ सय करोडसम्मको लगानीमा उद्योग स्थापना गर्न लागिएको हो ।

हाल सिमरा सेजमा हर्बल प्रोसेसिङ्ग उद्योग, कृषिमा आधारित उद्योग, सिमेन्ट कम्पनीका बोर्डहरू बनाउने, औषधि उद्योगलाई आवश्यक पर्ने उपकरण बनाउने र ठुलो सङ्ख्यामा गार्मेन्ट उद्योग आएको सेजले जनाएको छ ।

निजी उद्योगलाई आकर्षण गर्न पछिल्लो समय सेजले जग्गाको भाडादर ५० प्रतिशतले घटाएर प्रति महिना प्रति वर्ग मिटर १० रुपैयाँ बनाएको छ भने उत्पादनको पहिलो वर्षमै ६० प्रतिशत निर्यात गर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाएर सुरुको २ वर्ष निर्यात गर्नु नपर्ने र तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० र पाँचौँ वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत भारत र चीनसहित तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button