तपाईँ सुन्दै हुनुहुन्छः

टाइगर कप महिलातर्फ एपीएफ क्लब च्याम्पियन

कास्की  । पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ एपिएफ क्लब च्याम्पियन भएको छ । 

पोखरा रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । 

एपिएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थिए । दुवै टोलीको २०÷२० अङ्कको अवस्थामा लगातार ५ अङ्क जोड्दै पहिलो सेट एपिएफले आफ्नो पक्षमा पारेको थियो । 

दोस्रो सेट भने एपिएफले २२/२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै एपिएफले २५/८ को सहज सेट जित्दा चौथो सेट २५÷२२ ले जित्दै च्याम्पियन बनेको हो । 

महिलातर्फ च्याम्पियन भएको एपिएफले ५लाख, दोस्रो भएको आर्मीले २ लाख ५० हजार, तेस्रो भएको होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकी प्रदेशले ६५ हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button